मधेस मुद्दा सम्बोधनको क्रममा छ  : मन्त्री यादव

 भदौ ८, २०७५ शुक्रबार १६:३:२० | गोविन्द शर्मा
unn.prixa.net

बाँके – उपप्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले  वर्तमान सरकार मधेसका मुद्दा सम्बोधनका लागि प्रयासरत रहेको बताउनुभएको छ । 

‘मधेसका मुद्दा सम्बोधनका लागि सङ्घीय समाजवादी फोरम नेपाल सरकारमा सहभागी भएको हो’, नेपालगञ्जमा शुक्रबार आयोजित पार्टी प्रवेश कार्यक्रममा यादवले भन्नुभयो, ‘संविधान संशोधनका लागि प्रधानमन्त्री समेत तयार हुनुहुन्छ ।’ 

अध्यक्ष यादवले सरकारले आर्थिक विकास र समृद्धिका लागि लिएको लक्ष्य सबै नेपालीले साथ दिन आवश्यक भएको बताउनुभयो  ।

कार्यक्रममा शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले तराई÷मधेसमा देखिएको नागरिकता समस्या एक महिनाभित्र समाधान हुने बताउनुभयो । 

‘प्रधानमन्त्री स्वयमले संविधान संशोधनका लागि प्रतिवद्धता जनाउनुभएको छ’, मन्त्री राईनले भन्नुभयो, ‘वर्तमान सरकारले मधेसका समस्या समाधानका लागि काम गर्नेछ ।’ 

मन्त्री राईले आफ्नो कार्यकालमा बाँकेबासीले अनुभूत गर्नेगरी विकास निर्माण हुने दावी गर्नुभयो । विकासमा राजनीतिक आवद्धताका आधारमा विभेद नहुने बताउँदै राईले पछाडि परेको क्षेत्र विकासको प्राथमिकतामा रहेको बताउनुभयो  ।

नेपालगञ्जको राँझामा धर्मशाला, महिला डिग्री कलेज, विद्युतीय शवदाह निर्माण र नगरका भित्री गल्ली स्तरोन्नतिका लागि काम सुरु भैसकेको उहाँको भनाई छ । 

मन्त्री राईले बागेश्वरी मन्दिरमा पर्यटकीय स्थल निर्माण, रानीतलाउ लगायत अन्य पर्यटकीय क्षेत्रको पुननिर्माणका लागि आप्mनो मन्त्रालय मातहत ल्याउन पहल गरिरहेको बताउनुभयो । 

कार्यक्रममा प्रदेशसभाको निर्वाचनमा बाँके क्षेत्र नम्बर ३(ख) बाट स्वतन्त्र उम्मेदवारी दिई चार हजार मत कटाएका विजय पाठक शुक्रबार संघीय समाजवादी फोरम नेपालमा प्रवेश गर्नुभएको हो ।  

पाठकलाई फोरमका अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादव र शहरी विकास मन्त्री मो. इस्तियाक राईलगायतले पार्टीमा प्रवेश गराउनुभयो । पूर्व माओवादी निकट पाठकले टिकट नपाएपछि विद्रोही उम्मेदवारी दिनुभएको थियो । 

अन्तिम अपडेट: बैशाख ९, २०८१

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया