प्रचण्ड नेतृत्वकाे सरकारलाई निरन्तरता दिन एमाले तयार छ : महास...
बैशाख ७, २०८१ शुक्रबार
पाल्पा, जेठ १८ – सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल दोभान सडक खण्डमा पहिरो खसेको छ । पाल्पाको तिनाउ गाउँपालिका ३ हेडबक्समा राति पहिरो खसेको प्रहरीले जनाएको छ ।
यो ठाउँमा यसअघि पनि पटक पटक पहिरो खस्ने गरेको थियो । सामान्य वर्षा हुँदासमेत पहिरो जान थालेपछि यात्रु समस्यामा पर्न थालेका छन् । पानी परिरहेकाले पहिरो पन्छाउन समस्या भएको प्रहरीले जनाएको छ ।
बाटो बन्द भएपछि पाल्पाबाट बुटवल जाने र बुटवलबाट पाल्पा हुदै गँुल्मी, अर्घाखाँची, स्याङ्जा, पोखरा, पर्वत, बागलुङ हिँडेका यात्रु अलपत्र परेका छन् ।