तामाकोशीको शेयर खुलेको मौका छोपी नक्कली नोटको कारोबार

 भदौ ८, २०७५ शुक्रबार १५:२१:१९ | उषा तामाङ
unn.prixa.net

दोलखा – माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको शेयर आवेदनको मौका छोपी नक्कली नोटको कारोबार भएको पाइएको छ । शेयर आवेदन खुलेसँगै सर्वसाधारणको भिड र नोटको कारोबार बढेको मौका छोपी नक्कली नोटको कारोबार भएको पाइएको हो । 

चरिकोटस्थित एक बैंकमा भदौ ५ गते एक हजार दरका १२ थान जाली (नक्कली) नोट फेला परेपछि यस्तो खुलासा भएको हो । बैंकले एक हजार दरका १२ थान जाली नोट फेला परेपछि प्रहरीलाई खबर गरेको थियो । 

नक्कली नोटका विषयमा आवश्यक अनुसन्धान भइरहेको दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक वासुदेव पाठकले जानकारी दिनुभयो । शेयर आवेदकबाटै जाली नोट फेला परेको प्रहरीले बताएको छ । 

प्रहरीले सम्पूर्ण नागरिक, शेयर सदस्य तथा बैंक तथा वित्तीय संस्थालाई ध्यान दिन, सचेत, सजक रहन अनुरोध गरेको छ । 

अन्तिम अपडेट: बैशाख १, २०८१

उषा तामाङ

उज्यालोका दोलखा सहकर्मी उषा तामाङ कालीञ्चोक एफएममा पनि कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया