बैतडीका  स्थानीय तहले खर्च विवरण बुझाएनन्

 भदौ ८, २०७५ शुक्रबार १७:२१:४२ | जयराज अवस्थी
unn.prixa.net

बैतडी – बैतडीका स्थानीय तहहरुले अझैसम्म पनि आफ्नो वास्तविक खर्च विवरण बुझाएका छैनन् ।

कोष तथा लेखा नियन्त्रण कार्यालयमा उनीहरुले खर्च विवरण बुझाउनुपर्ने नियम रहे पनि अहिलेसम्म कुनै स्थानीय तहले नबुझाएको कोष तथा लेखा नियन्त्रण कार्यालय बैतडीले जनाएको छ । 

कोष तथा लेखा नियन्त्रण कार्यालयबाट गएको रकमको खर्च विवरण बुझाएको भए पनि स्थानीय तहहरुले आफ्नो वास्तविक खर्च भने बुझाउन नसकेको कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख वासुदेव जोशीले बताउनुभयो । कार्यालय प्रमुख जोशीका अनुसार साउन मसान्तसम्म स्थानीय तहहरुले आफ्नो खर्च विवरण बुझाइसक्नुपर्ने थियो । 

तर अहिलेसम्म पनि खर्च विवरण नबुझाएकोले एक हप्ताको समय सँगै फारमको नयाँ ढाँचा सबै स्थानीय तहहरुलाई दिएको कार्यालय प्रमुख जोशीले बताउनुभयो । जोशीका अनुसार सबै स्थानीय तहहलाई भदौको पहिलो हप्ताभित्र सबै खर्च विवरण बुझाउन भनिएको छ । स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरुले पनिखर्च एक हप्तासम्म बुझाउने बताएका कार्यालय प्रमुख जोशीले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख २, २०८१

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया