काम चाहियो वा कामदार ? मोबाइल एपमा खोज्नुहोस्

 भदौ ८, २०७५ शुक्रबार १८:१:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – सरकारले रोजगारदाता र रोजगार खोज्नेहरुलाई लक्षित गरेर ‘जबखोज’ नामक मोबाइल एप सार्वजनिक गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले शुक्रबार एक कार्यक्रममा बिच एप सार्वजनिक गर्नुभएको हो । एन्ड्रोएडको गुगल प्ले स्टोर र आइओएसको एप स्टोर दुवैमा एप उपलब्ध छ । 

त्यस्तै रोजगार सेवा (सूचना) केन्द्रको पोर्टल पनि परिस्कृत गरिएको छ । www.jobkhoj.gov.np लाई परिस्कृत गर्दै रोजगारदाता र रोजगार खोज्नेलाई दुवैलाई सजिलो हुने गरी बनाइएको छ ।  

अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)को सहयोगमा ल्याइएको एप र पोर्टलमार्फत रोजगार खोज्नेले आफ्नो नाम दर्ता गराउन सक्नेछन् भने रोजगारदाताले आवश्यक जनशक्ति प्राप्त गर्न सक्नेछन् ।

रोजगार सेवा (सूचना) केन्द्रले रोजगार खोज्नेहरु र रोजगारदाताको विवरण राख्नेछ । केन्द्रले आवश्यकताका आधारमा दुई पक्षको सहजिकरण गर्न सक्नेछ । बेरोजगारी युवाको तथ्याङ्क संकलन गर्ने, बेरोजगारीको स्थिति पहिचान गर्न, केन्द्र तथा स्थानीय तहमा रोजगारीको क्षेत्र तथा अवसर खोजी गर्न रोजगार एप र पोर्टल ल्याइएको हो । 

रोजगार सूचना केन्द्र र यसले समेटेका जिल्लाहरुको विवरण 


 

अन्तिम अपडेट: बैशाख ३, २०८१

1 Comments

  • Bijay Jha

    Aug. 27, 2018, 8:28 p.m.

    कार्यान्वयनमा छ कि छैन , कन्फर्म गर्नुस / धनुषाको जनकपुरमा सर्च गर्दा एउटा पनि जब छैन / त्यसपछि एपको जब खोज भनेर डाउनलोड गर्दा समेत भएन, कृपया जानकारी पाउँ सर /

  •  0 Reply

तपाईको प्रतिक्रिया