बैतडीका  स्थानीय तहले खर्च विवरण बुझाएनन्

 भदौ ८, २०७५ शुक्रबार १८:१०:७ | जयराज अवस्थी
unn.prixa.net

बैतडी – बैतडीका स्थानीय तहहरुले अझैसम्म पनि आफ्नो वास्तविक खर्च विवरण बुझाउन नसकेको पाइएको छ । 

कोष तथा लेखा नियन्त्रण कार्यालयमा उनीहरुले खर्च विवरण बुझाउनुपर्ने नियम रहे पनि अहिलेसम्म कुनै स्थानीय तहले नबुझाएको कोष तथा लेखा नियन्त्रण कार्यालय बैतडीले जनाएको छ । 

कोष तथा लेखा नियन्त्रण कार्यालयबाट गएको रकमको खर्च विवरण बुझाएको भएपनि स्थानीय तहहरुले आफ्नो वास्तविक खर्च भने बुझाउन नसकेको कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख बासुदेव जोशीले बताउनुभयो ।

कार्यालय प्रमुख जोशीका अनुसार साउन मसान्तसम्म स्थानीय तहहरुले आफ्नो खर्च विवरण बुझाइसक्नुपर्ने थियो । 

तर अहिलेसम्म पनि नबुझाएकोले एक हप्ताको समयसँगै फारमको नयाँ ढाचाँ सबै स्थानीय तहहरुलाइ दिएको कार्यालय प्रमुख जोशीले बताउनुभयो । 

जोशीका अनुसार सबै स्थानीय तहहरुलाई भदौको पहिलो हप्ताभित्र सबै खर्च विवरण बुझाउन भनिएको छ । 

स्थानीय तहका प्रमुख तथा प्रतिनीधिहरुले पनि खर्च विवरण एक हप्तासम्म बुझाउने बताएका कार्यालय प्रमुख जोशीले बताउनुभयो । 

अन्तिम अपडेट: चैत १४, २०८०

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया