पूर्वको हङकङ बजार किन बन्यो सुनसान ?

 भदौ ८, २०७५ शुक्रबार २०:४३:२८ | उज्यालो सहकर्मी

झापाको धुलाबारी एकताका पूर्वी नेपालको हङकङ बजार भनेर चिनिन्थ्यो ।

राम्रा र ब्रान्डेड सामान किन्न भारतीय व्यापारीदेखि सर्वसाधारणसम्म यही बजार आउँथे । दार्जीलिङ घुम्न आउने भारतीय कलाकार, व्यापारी तथा नेताहरुले पनि धुलाबारी पुगेर सामान किन्थे । 

सिक्किमको नथुला पास नखुलेसम्म त सिक्किमेली व्यपारीहरुको प्रमुख गन्तव्य नै धुलाबारी थियो । सन् २००६ मा सिक्किमको नथुला पासबाट भारत र चीनको व्यापारिक कारोबार सुरु भएपछि भने सिक्किमबाट धुलाबारी आउने क्रम बिस्तारै घट्दै गएको थियो । 

तर हिजोआज यो बजार सुनसान जस्तै छ । 

भारतले खुला अर्थनीति अंगीकार गर्दै चीनलगायतका देशबाट सोझै सामान आयात गर्न थालेपछि धुलाबारीको व्यापार खस्किएको हो ।
 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया