ग्यालेक्सी नोट–९ को बिक्री सुरु, यस्ता छन् विशेषता र अफर

 भदौ ९, २०७५ शनिबार ६:४२:२१ | उज्यालो सहकर्मी

काठमाठौं - सामसुङले आफ्नो अहिलेसम्मै सबैभन्दा शक्तिहाली नोट ग्यालेक्सी नोट–९ सार्वजनिक गरेको छ । गुरुग्राम भारत–सामसुङ इलेक्ट्रोनिक्सका आइटी र मोबाइल कम्युनिकेसन विभागका ग्लोवल अध्यक्ष तथा कार्यकारी अधिकृत डिजे कोहले ग्यालेक्सी नोट–९ सार्वजनिक गरेका हुन् । ग्यालेक्सी नोट–९ सामसुङको अध्याधुनिक प्रविधीको पछिल्लो श्रृंखला हो । 

ग्यालेक्सी नोट–९ नेपाली बजारमा भने अगष्ट ३१ देखि उपलब्ध हुने छ । यसको मूल्य १ लाख ९ हजार  ९ सय रुपैयाँ रहेको छ, जसमा १२८ जीबी हुने छ । ग्यालेक्सी नोट–९ मिडनाइट कालो र मेटालिक कपर रंगमा उपलब्ध हुनेछ , साथै मिल्ने ए पेन पनि उपलब्ध गराइने छ । ओसियन निलो कलर चाहि पहँलो एस पेनसँग आउने छ ।

सबै हिसावले नयाँ यो ग्यालेक्सी–९ फोनले अधिकतम कार्य सम्पादन गर्ने कम्पनीको दाबी छ । जस्तै यसमा व्लुटुथ सहितको नयाँ एस पेनको कनेक्टीभिटी राखिएको छ जसले सेल्फी लिन, रिमोटको जस्तै प्रस्तुतिकरण गर्न सहयोग गर्दछ । यसको क्यामरा अहिलेसम्मकै इन्टिलिजेन्स क्यामराको रुपमा स्थापित छ । साथै, यसका सम्पूर्ण रुपले नयाँ डेक्स मोड राखिएको छ ।

विशेषता :

  •  दिनभर टिक्ने व्याट्रीः  यसमा रहेको ४,००० व्याट्री दिनभर कुरा गर्न, गेम खेल्न, बिहानदेखि रातीसम्म फिल्म हेर्न पर्याप्त हुन्छ । दिनमा ब्याट्री चार्च गर्नुपर्ने झन्झबाट मुक्ति हुन्छ ।
  •  बढी भण्डारण क्षमता, हटाउने झन्झट कमः  नेपालमा विक्री हुने ग्यालेक्सी नोट–९ मा आन्तरिक भण्डारण क्षमता १२८ जीबी रहेको छ । यसका साथै माइक्रोएसडी कार्ड यसमा 512MB इन्सर्ट गर्न सक्ने क्षमता रहेको छ, यसको १ टीबीमा आफ्नो मनपर्ने फोटो, भिडियो र एप्स राख्नका लागि पर्याप्त ठाउँ रहेको छ ।
  •  तीव्र गति र वढी शक्ति : यो एकदमै शक्तिशाली स्मार्ट फोन हो, जसमा अग्रणी १० एनएम प्रोसेसर र  नेटवर्कलाई अझ तीव्र वनाउने प्रविधी हुन्छ र जसमा बजारमा उपलब्ध भएको १.२ जिगावाइट्स  छ जसले कुनै पनि कुरा डाउनलोड गर्नका लागि सहजीकरण गर्ने गर्दछ । यसमा उद्योगको उत्कृष्ट र सामसुङको कार्बन कुलिङ सिस्टम रहेको छ जसले गर्दा अहिलेसम्मकै सबैभन्दा स्थीर काम गर्ने खालको छ ।
  • दृश्यको अनुकूलन : यो अहिलेसम्मकै उत्कृष्ट र स्मार्ट हो । यसले कुनै पनि फोटोको तत्वहरु जस्तो दृश्य र कुनै वस्तु पत्ता लगाउन इन्टिलिजेन्सको प्रयोग गर्ने गर्दछ र स्वचालिकत रुपमा नै २० वटा वर्गमा विभाजित गर्ने गर्दछ । यसले वोल्ड कलरका साथै अन्य विषयहरु समेत प्रत्याभुत गर्ने गर्दछ ।

गल्ती पत्ता लगाउने प्रविधी 

यो फोनको प्रयोगकर्ताले नराम्रो फोटोहरुको बारेमा चिन्ता लिनु पर्दैन् । किनभने  केही गल्ती र कमजोरी भएमा त्यो पत्ता लगाउने प्रविधि जडान गरिएको छ जसले गर्दा कुनै गल्ती हुन गएमा अर्काे तस्विर लिन सकिन्छ ।  फोटो राम्रो नआएमा त्यसको तुरुन्तै  सूचना आउने गर्दछ र लेन्समा समस्या आएमा तथा पछाडिको लाइनको तस्विरको गुणस्तरमा असर गरेमा त्यो पनि तत्काल पत्ता लाग्दछ ।

 शक्तिशाली क्यामेरा

यो अहिले बजारमा रहेकामध्ये सबैभन्दा उत्कृष्ट क्यामेरा भएको फोन हो । यसमा नचाहिँदो वस्तुहरुलाई कम गर्न सकिने एकदमै नविनत्तम प्रविधि रहेको छ ग्यालेक्सी एप्स– ९ मा रहेको क्यामेरा बजारमा रहेको सबैभन्दा राम्रो र उपयुक्त हो । यसमा दुईवटा एपर्चर लेन्स रहेको छ जसले मान्छेको आँखाले जस्र्तैे प्रकाशलाई समायोजन गर्न सक्छ । । कम प्रकाश भएको समयमा होस अथवा वढी प्रकाश भएको अवस्था होस, यसले एकदमै स्पष्ट र सफा फोटो खिच्ने गर्दछ । यसले ९६० एफपीएसको भिडियो खिच्न सक्ने सुविधा पनि दिएको छ ।

कामदेखि  खेलसम्म 

ग्यालेक्सी नोट–९ ले सामसुङ डेक्सँग पिसीको जस्तै अनुभूति दिलाउँछ । यसलाई उपभोक्ताले कुनै प्रस्तुति, फोटो सम्पादन र आफूलाई मन पर्ने कुनै शो ठूलो पर्दामा हेर्न सकिन्छ । फोनको कारणले नै यो सबै सम्भव भएको छ । नोट–९ एचडिएमआई एडप्टर मार्फत फोनलाई टिभी र मोनिटरसँग जोड्न सकिन्छ ।

जब मनिटरमा जोडिन्छ, यसले भर्चुअल डेस्कटपको निर्माण गर्दछ र यसले पूर्णबरुपमा काम गर्ने दोस्रो स्क्रीनको रुपमा समेत काम गर्ने छ । भिडियो हेरिरहेको समयमा एस पेनका माध्यमले नोटहरु वनाउन सकिन्छ अनि यसलाई ट्रयाक प्याडको रुपमा प्रयोग गर्न सकिन्छ, यसलाई राइट क्लिक, ड्रयाग र मोनिटरमा विभिन्न विनडोजको रुपमा प्रयोग गर्न सकिन्छ । 

अतिरिक्त अफरहरु 

  •  एनसेलको १८००० एमवीको डाटा प्याक 
  •  शिखर इन्स्योरेन्समा एक वर्षको टुटफुटको बिमा सुविधा र सजिलो इएमआइएस विभिन्न वैङकबाट प्राप्त हुनेछ ।

प्रि बुकिङको समयमा प्रयोगकर्तालाई एउटा एचडीएमआई एडप्टर र एउटा छालाको कभर अथवा १० हजार अतिरित्त र एचडीएमआई एडप्टर र एउटा २४ सामसुङ करर्भ मोनिटर प्रदान गरिने छ । प्रयोगकर्ताले अन्य धेरै फाइदा र गिफ्टहरु प्राप्त गर्ने छन् जुन निम्न प्रकारका रहेका छन् : 

टर्किस एयरलाइन्सको टिकटमा डिसकाउन्ट : १० प्रतिशत इकोनोमी र १५ प्रतिशत बिजनेस क्लासमा

केजीएच होटलमा कोठाः चार हजार रुपैयाँमा मारुनी स्याचुरी लजमा र पाँच हजार रुपैयाँमा वाटर फ्रन्ट रिसोर्टमा, वुद्धमाय गार्डेन अथवा होट पार्क भिलेजमा, डिनरको रकम तीनहजार भन्दा बढी भएमा एक बँतल वाइन, र बोटिङको सुविधा

एडिडास, लेभिस र रेवुकको नयाँ कपडामा १० प्रतिशत छुट

४५०० को मेरिडियन फेसियल र लेट मि इनमा अन्य धेरै प्रकारका सेवाहरु

बयोदा अस्पतलामा पूरा शरीर जाँचमा १५ प्रतिशतसम्म छुट

पहिला नै बुकिङ गर्नेहरुकोबीच लक्की ड्र गरिने छ । पहिलो हुनेलाई टर्किश एयरलाइन्सको आतेजाते टिकट उसले चाहेको गन्तव्यको प्राप्त गर्ने छन् भने अनर अपले हिमालय फ्रन्ट रिसोर्ट अथवा वाटर फ्रन्ट रिसोर्टमा दुई दिन बस्न पाउने छ ।
 

अन्तिम अपडेट: बैशाख १०, २०८१

1 Comments

  • Sanish Tharu

    Aug. 25, 2018, 7:18 a.m.

    Ramro phone chha tara mulya badhi vayo

  •  0 Reply

तपाईको प्रतिक्रिया