विदेशी मुद्राको मूल्य थोरै घटबढ

 जेठ १८, २०७५ शुक्रबार ११:२:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं, जेठ १८ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २८ रुपैयाँ ६८ पैसा र विक्रिदर २८ रुपैयाँ ८४ रुपैयाँ रहेको छ ।
त्यस्तै, कतारी रियाल एकको खरिददर २९ रुपैयाँ ५४ पैसा र विक्रिदर २९ रुपैयाँ ७१ पैसा छ । युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ २८ पैसा र विक्रिदर २९ रुपैयाँ ४५ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ०२ पैसा र विक्रिदर २७ रुपैयाँ १७ रहेको छ । 
कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ९८ पैसा र विक्रिदर १० रुपैयाँ ०३ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ५५ रुपैयाँ ९७ पैसा छ भने विक्रिदर ३ सय ५७ रुपैयाँ ९५ पैसा रहेको छ ।
बहराइन दिनार एकको खरिददर २ सय ८४ रुपैयाँ ६१ पैसा र विक्रिदर २ सय ८६ रुपैयाँ २० पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया