रोल्पामा पुनःनिर्माणका योजना अलपत्र

 भदौ ९, २०७५ शनिबार ८:२३:३२ | माधवकुमार ओली
unn.prixa.net

रोल्पा – रोल्पाको सुनिल स्मृति गाउँपालिका–५। साविकको गजुल गाविस भवन २०७० सालमै निर्माण हुनुपर्ने हो । तर निर्माणको जिम्मा पाएका ठेकेदार र जिल्ला प्राविधिक कार्यालयको लापर्वाहीका कारण अहिलेसम्म अलपत्र अवस्थामा छ । 

२५ लाखको यो भवन मात्र होइन, तात्कालीन शान्ति तथा पुनःनिर्माण मन्त्रालयले रोल्पामा निर्माण सुरु गरेका दर्जन बढी योजनाहरु अहिले पनि अलपत्र अवस्थामा रहेका छन । प्राविधिक कार्यालयले ताकेता नगर्दा समयमै निर्माण कार्यसम्पन्न नभएका भवनहरु यही साउन १ गतेदेखि जिल्ला प्राविधिक कार्यालय नै नरहने भएपछि अब कसले निर्माण गर्ने भन्ने अन्योलता देखिएको छ ।

दश वर्षे सशस्त्र द्वन्द्वको समयमा तात्कालीन विद्रोही पक्षबाट भत्काइएका साविकका गाविस भवन र स्वाथ्य चौकीका भवनहरु शान्ति प्रक्रियापछि निर्माण कार्य सुरु गरिएको थियो । 

जिल्ला प्राविधिक कार्यालयले जिल्लाका दर्जन बढी अलपत्र भवनका सबै फाइलहरु सम्बन्धित गाउँपालिकालाई बुझाएको भए पनि गाउँपालिकाले तत्कालै ती भवनहरु निर्माण गर्न सक्ने अवस्था नभएपछि वडा कार्यालयहरु मर्कामा परेका छन् । 

वडा कार्यालयको भवन अभावका कारण अलपत्र भवनबाटै कार्यालय सञ्चालन गर्नुपर्ने बाध्यता रहेको सुनिल स्मृति गाउँपालिका–५ गजुलका वडाध्यक्ष अर्जुन सुवेदीले गुनासो गर्नुभयो ।
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

माधवकुमार ओली

रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया