गोपाल योञ्जनकाे ७६ औँ जन्मजयन्ती मनाइँदै

 भदौ ९, २०७५ शनिबार ९:३९:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

गाेपाल याेञ्जन अाफ्नाे स्टुडियाेमा तस्बिर : टीएचटी

काठमाडौं – गायक, संगीतकार एंव गोपाल योञ्जनको ७६ औँ जन्मजयन्ती  विशेष कार्यक्रम गरी मनाइँदै छ । गाेपाल याेञ्जनकाे जन्म सन् १९४३ काे अगस्ट २६ तारिखमा भारतकाे दार्जीलिङमा भएकाे थियाे ।

जन्मजयन्तीका अवसरमा आज गोपाल योञ्जन स्मृृति पुरस्कार वितरण गरिदैछ । यस वर्ष यो पुरस्कारबाट गायक संगीतकार एंव गीतकार दुर्गा खरेल सम्मानित हुँदै हुनुहन्छ । 

दिउँसो २ बजे ललितपुरको पुल्चोकमा विशेष कार्यक्रम गरी पुरस्कार विरतण गरिने आयोजक  शुभारम्भ : द म्यूजिकल जर्नीले जनाएको छ । 

गोपाल योञ्जनका ‘यो मेरो टोपी’, ‘तिम्रो जस्तो मुटु मेरो पनि’, ‘जीवनका हरेक मोडमा तिमीले मलाइ भेट’, ‘बनेको छ पहराले यो छाती मेरो’, ‘देशले रगत मागे मलाई बली चढाउ’ लगायतका गीत निकै लोकप्रिय छन् । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया