सञ्जय दत्तको आमा र श्रीमतीको भूमिकामा मनिषा कोइराला

 जेठ १८, २०७५ शुक्रबार १४:५४:२८ | उज्यालो सहकर्मी

जेठ १८ – यतिबेला अभिनेता सञ्जय दत्तको बायोपिक ‘सञ्जु’ को चर्चा चुलिएको छ । 

जुन २९ मा प्रदर्शनको तयारीमा रहेको यस फिल्ममा अभिनेता सञ्जयको भूमिका रणवीर कपूरले निभाएका छन् । जसको ट्रेलर हालै सार्वजनिक भएको छ । ट्रेलर सार्वजनिक भए सँगै सञ्जय दत्तको जीवनीमा बनेको यो फिल्म हेर्नका लागि दर्शकहरुमा थप उत्साह बढेको छ । 

यति बेला सञ्जय दत्त सामु एकपछि अर्को गर्दै फिल्महरुको लाइन लागेको छ ।  यतिबेला सञ्जय फिल्म ‘कलंक’को छायाँकंनमा व्यस्त छन भने उनको अर्को फिल्म ‘टोरबाज’ छायाँकंनमा समेत व्यस्त छन । 

यसैबीच सञ्जयले उनले एक अर्को फिल्मको घोषणा गरेका छन् । सञ्जय दत्त प्रोडक्सन कम्पनीले साउथ फिल्म ‘प्रस्थानम’ को हिन्दी रिमेक बनाउने भएको छ । यस फिल्ममा अभिनेत्री मनिषा कोइराला र सञ्जय दत्तको जोडी १० वर्षपछि एकसाथ दोहोरिने भएको छ । 

मनिषा कोइराला फिल्म ‘सञ्जु’ मा सञ्जय दत्तकी आमा नरगिस दत्तको भूमिका निभाइरहेकी छिन् भने फिल्म ‘प्रस्थानम’ मा उनकी पत्नीको भूमिका निभाउनेछिन् । 

फिल्म ‘प्रस्थानम’ साउथ फिल्म उद्योगमा सुपरहिट भएको थियो । त्यही फिल्मको हिन्दी रिमेकमा अभिनेता सञ्जय दत्त प्रमूख भूमिकामा रहनेछन् भने मनिषा कोइरालाको सञ्जयकी पत्नीको भूमिका रहेको छ ।

मनिषा कोइराला र सञ्जय दत्तले एक साथ ‘यलगर’, ‘कार्तुस’, ‘सनम’, ‘बागी’ लगायतका फिल्ममा काम गरेका थिए । पछिल्लो पटक सन् २००८ मा फिल्म ‘मेहबूबा’ मा दुवैले काम गरेका थिए । दुवै जना झण्डै १० वर्ष पछि जोडीको रुपमा दर्शक सामु आउनेछन् ।  

यसअघि साउथ फिल्म ‘प्रस्थानम’ को निर्देशन गरेका निर्देशक देवा कट्टाले नै यसको हिन्दी रिमेकको पनि निर्देशन गर्नेछन् । जून १ बाट छायाँकंनको काम सुरु गरिएकोे योे फिल्म थ्रिलिङ फ्यामिली ड्रामामा आधारित हुनेछ । 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया