यादव र राई मन्त्री नियुक्त

 जेठ १८, २०७५ शुक्रबार १५:५०:४७ | उज्यालो सहकर्मी

काठमाडौं, जेठ १८ – राष्ट्रपति विद्यादेवी भण्डारीले उपेन्द्र यादवलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री र मोहम्मद इस्तियाक राईलाई शहरी विकास मन्त्रीमा नियुक्त गर्नुभएको छ । 

नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले उहाँहरुलाई मन्त्री पदमा नियुक्त गर्नुभएको हो । 

यसअघि ती दुवै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले सम्हाल्नु भएको थियो । यादव यसअघि उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री बनिसक्नुभएको छ भने राई श्रम तथा यातायात मन्त्री बनिसक्नुभएको थियो । 

दुवै जनाको सपथ ग्रहण आजै बेलुका राष्ट्रपति भवन शीतलनिवासमा गर्ने तयारी छ । यससँगै मन्त्रीपरिषद अब २४ सदस्यीय भएको छ । फोरमले पाउने एकजना राज्यमन्त्रीको नाम टुंग्याउन बाँकी नै छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया