महाकाली नदीमा पानीको बहाव बढ्यो, भारतीय पक्षद्वारा चारपाङ्ग्रे सवारीको आवागमनमा रोक

 भदौ १०, २०७५ आइतबार ७:३७:४९ | दुर्गा उपाध्याय
unn.prixa.net

कञ्चनपुर – महाकाली नदीमा पानीको बहाव बढेको छ । पहाडी जिल्ला र चुरे क्षेत्रमा भएको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेको हो । 

आइतबार महाकाली नदीको पानीको बहाव १ लाख ४७ हजार १ सय ५८ क्यूसेक पुगेको जिल्ला आपत्कालिन कार्य संचालन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार शनिबार रातीबाट नदीमा पानीको बहाव बढेको हो । 

नदीमा पानीको बहाव बढेसँगै भारतीय पक्षले चारपाङ्ग्रे सवारीका साधनको आवागमनमा रोक लगाएको छ । पुलको सुरक्षाको कारण देखाउदै भारतीय पक्षले नदीमा पानीको बहाव एक लाख क्यूसेक नाघेपछि चारपाङ्ग्रे सवारीका साधनको आवागमनमा रोक लगाउने गरेको छ । 

महाकाली नदीको बाढीको पूर्वानुमानका लागि दार्चुला र डडेल्धुरामा पानीको सतह मापन गर्ने गरिन्छ । 
दार्चुलाको दत्तुमा पानीको सतह ४ मिटर ५० सेन्टीमिटर छ भने डडेल्ुधराको परी गाँउमा पानीको सतह ५ मिटर ७० सेन्टीमिटर रहेको केन्द्रले जनाएको छ । 
 

अन्तिम अपडेट: असोज २१, २०७५

दुर्गा उपाध्याय

कञ्चनपुरका उज्यालो सहकर्मी दुर्गा उपाध्यायलाई फेसबुकमा भेट्न सकिन्छ ।

तपाईको प्रतिक्रिया