प्रधानमन्त्री कपमा बिनोद भण्डारीको विष्फोटक ब्याटिङ

 जेठ १८, २०७५ शुक्रबार १६:२:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं, जेठ १८ – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मीले प्रदेश नम्बर १ विरुद्ध २२६ रनको विजय लक्ष्य प्रस्तुत गरेको छ ।

काठमाडौंमा जारी प्रतियोगितामा पहिलाे पारीमा त्रिभुवन आर्मी क्लबका कप्तान बिनोद भण्डारीको विष्फोटक पारीको सहयोगमा आर्मीले २२६ रनको विजय लक्ष्य प्रस्तुत गर्न सकेको हो ।

त्रिवि मैदानमा वर्षाका कारण ३८ ओभरमा छोट्याइएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ३८ ओभरमा ९ विकेट गुमाएर २२५ रनको योगफल बनायो ।

आर्मी क्लबका लागि आठौं नम्बरमा ब्याटिङमा आएका कप्तान बिनोद भण्डारीले विष्फोटक पारी खेल्दै २९ बलमा ६४ रन बनाए । अन्तिम ओभरको पाँच बलमा भण्डारीले सबै बल बाउण्ड्री कटाएका थिए भने अन्तिम बलमा आउट भएका थिए । । यो योगफलका लागि उनले जम्मा ६ छक्का र ४ चौका प्रहार गरे ।
 
ओपनर सागर पुन ८ रनमै आउट भएपछि क्रिजमा आएका नरेश बुढायरले अर्का ओपनर अनिल मण्डलसँग मिलेर ५२ रनको साझेदारी गरे । मण्डल ३६ रनमा आउट भएपछि आएका राजु रिजालले पनि ४ रनमात्र बनाउन सके । चौथो विकेटका रुपमा नरेश बुढायर व्यक्तिगत ३२ रनमा आउट हुँदा आर्मी २५.१ ओभरमा ८८ रनको स्थितिमा थियो ।
 
आर्मी क्लबका मध्यक्रमका ब्याट्सम्यान भीम सार्कीले १४ र सोमपाल कामीले २२ रन बनाएका थिए । आर्मीका लागि बिक्रम सोबले पनि १६ रन जोडेका थिए ।
 
बलिङतर्फ प्रदेश १ का मनोज तामाङले ३ विकेट लिए भने मिनास थापा र फिर्दोस अन्सारीले २–२ विकेट लिए ।

प्रदेश नम्बर १ ले जवाफी ब्याटिङ सुरु गरेको छ । 

 


 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया