कमला नदीले बगाएका एकजनाको ज्यान गयो, दुई बेपत्ता

 भदौ १०, २०७५ आइतबार १३:३२:५८ | आशिष विश्वकर्मा
unn.prixa.net

सिरहा – जनै पूर्णिको पानी भर्न सिरहाको बन्दीपुर–१, कमला नदीको उत्तरवाहिनी पुगेका एक जनाको कमला नदीले बगाएर ज्यान गएको छ भने दुईजना अझै बेपत्ता छन् ।

शनिबार दिउँसो नदीले बगाएका सिरहा औरही गाउँपालिका तुलसिपुरका २० वार्षीय कृष्ण महत्तोको ज्यान गएको प्रहरीले जनाएको छ । बेपत्ता हुनेमा सिरहाको गोलबजार नपा ४ निपाने बस्ने १५ वर्षीय  मन्जय  महरा, सोही ठाउँका १४ वर्षीय राहुल महरा रहेको प्रहरीले जनाएको छ ।

बेपत्ताहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कृष्ण महत्तोको आइतबार बिहान कमला नदीको फाटक नजिकै शव फेला परेको हो । तीनै जनालाई नुहाउने क्रममा कमला नदीको बाढीले बगाएको थियो ।

अन्य एकजना बालकलाई पनि नदीले बगाएको र बालकको उद्धार गरिएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

आशिष विश्वकर्मा

आशिष विश्वकर्मा सिरहाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया