फिल्म सिम्बा; वुमन पावरका साथ रणवीर सिंह

 भदौ १०, २०७५ आइतबार १४:४१:३ | उज्यालो सहकर्मी
unn.prixa.net

निर्देशक रोहीत सेट्टी फिल्म ‘सिम्बा’ मार्फत अभिनेता रणवीर सिंहलाई प्रहरीको रुपमा पर्दामा ल्याइरहेका छन् । 

रोहीत सेट्टीका साथमा पहिलो पटक काम गरिरहेका रणविर सिंह फिल्म ‘सिम्बा’लाई लिएर निकै उत्साहित छन । केही महिना अघि भारतको हैदराबादमा यस फिल्मको पहिलो छायाँकन पूरा भइसकेको छ भने फिल्मको बाँकी छायाँकनको काम पनि छिट्टै नै सुरु गरिनेछ । 

हालसम्म फिल्म ‘सिम्बा’ का केही तस्बिर र भिडियो सार्वजनिक भइसकेका छन् । आज फेरि यस फिल्मको नयाँ मोशन पोस्टर सार्वजनिक भएको छ । 

पोस्टरमा अभिनेता रणवीर सिंह महिलाहरुको जमात लिएर सडकमा आएका छन् । रणवीर सिंह गाडीमा सवार छन भने उनको अगाडि महिलाहरु मोटरसाइकलमा सवार छन् । 

सबै महिलाहरु टाउकोमा पगरी तथा गेरु रंगको पोशाकमा देखिएका छन । 

अभिनेता रणवीर सिंहले यो मोशन पोष्टर सामाजिक सञ्जालमा पोष्ट गर्दै लेखेका छन् ‘यो डिसेम्बर,  वुमन पावर, रोहित शेट्टीको स्टाइलमा’ । 

 

फिल्म ‘सिम्बा’ करण जोहरको धर्मा प्रोडक्शनको ब्यानरमा बनिरहेको छ । यस फिल्ममार्फत अभिनेता सैफ अलि खानकी छोरी सारा अलि खान बलिउडमा डेब्यू गरिरहेकी छिन् । 

यसअघि फिल्म ‘केदारनाथ’ बाट डेब्यूको तयारीमा रहेकी सारा उक्त फिल्मको रिलिज डेट पछाडि सरेपछि ‘सिम्बा’ नै उनको डेब्यू फिल्म हुनेछ । फिल्म ‘सिम्बा’ यस बर्षको डिसेम्बर २८ मा प्रदर्शन हुनेछ । 
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया