प्रकाण्डलाई फेरि तीन दिन थुनामा राख्न आदेश

 भदौ १०, २०७५ आइतबार १६:२१:३१ | नवदीप अजनबी
unn.prixa.net

नुवाकोट – नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई जिल्ला अदालत नुवाकोटले पुनः तीनदिन थुनामा राख्न अनुमति दिएको छ ।

आइतबार जिल्ला अदालतले तीन दिन थुनामा राख्न म्याद थप गरेको हो । स्काभेटरमा आगजनी गरेको आरोपमा काठमाडौंमा पक्राउ गरी नुवाकोट ल्याइएका ‘प्रकाण्ड’लाई गएको शुक्रबार पनि तीन दिन थुनामा राख्न आदेश दिएको थियो ।

प्रहरीले आइतबार पनि एक हप्ताको थुनामा राख्ने म्याद थप गर्न अनुरोध गरे पनि जिल्ला अदालतले तीन दिन मात्र म्याद थप गरेको हो ।

बेलकोटगढी नपा–९ भट्टथोकमा गएको गएको साउन ७ गते राति दुईवटा स्काभेटरमा जलाएको आरोपमा मुद्धा चलाउन नुवाकोट ल्याइएको जिल्ला प्रहरी प्रमुख एसपी वसन्तबहादुर कुँवरले जानकारी दिनुभयो ।

धमले–जिलिङ सडक स्तरोन्नतीको काम गर्दै आएको नागार्जुन कन्ट्रक्सनको दुईवटा स्काभेटरमा आगो लगाइएको थियो ।

विश्कर्मालाई गएको शनिबार काठमाडौंमा पक्राउ गरी राति नै नुवाकोट ल्याइएको थियो । अदालतमा म्याद थपको लागि लैजानेक्रममा विश्वकर्माले आफूलाई राजनीतिक प्रतिशोधको लागि मात्र पक्राउ गरिएको बताउनुभयो ।

उहाँले नुवाकोटको स्काभेटर जलाएको काण्डमा आफ्नो कुनै पनि संलग्नता नभएको बताउनुभयो । 

    

अन्तिम अपडेट: चैत १७, २०८०

नवदीप अजनबी

नुवाकोटका पत्रकार नवदीप अजनबी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया