जनै फेर्न खोला गएका ८ वर्षीय बालक बेपत्ता

 भदौ १०, २०७५ आइतबार १८:४०:१९ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर – बुवासँग खोलामा जनै फर्न गएका एक बालक खोलाले बगाएर बेपता भएका छन् ।

आइतबार बिहान ९ बजेको समयमा फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको बीचबाट बग्ने हेँवा खोलामा जनै फेर्न जाँदा खोलाले बगाएर हिलिहाङ गाउपालिका–५, सुभाङ घर भइ फिदिम बजारको गणतन्त्र चोकमा इलेक्ट्रोनिक पसल सञ्चालन गर्दै आएका  राजन उप्रेतीका ८ वर्षीय छोरा डेनीस उप्रेतीलाई हेँवा खोलाले बगाएको पाँचथर प्रहरीले जनाएको छ ।

बुवासँगै अन्य साथीसँग खोला गएका बालक नुहाउने क्रममा चिप्लिएर खोलामा लडेका थिए । स्थानीयवासी र प्रहरीले उनको खोजी गरे पनि अहिलेसम्म भेट्न नसकेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक नरेन्द्र कुँवरले बताउनुभयो । डेनिश फिदिम–१ स्थित नयाँ नमूना माविका कक्षा १ मा अध्ययनरत विद्यार्थी थिए ।

अन्तिम अपडेट: चैत २४, २०८०

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया