रियाल, दिर्हाम, रिंगिट आइतबारकै मूल्यमा सटही गर्न सकिने, अरु मुद्रा थोरै घटबढ

 भदौ ११, २०७५ सोमबार १०:२८:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ ७४ पैसा र बिक्रिदर २९ रुपैयाँ ९० पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ६४ पैसा र बिक्रिदर ३० रुपैयाँ ८० पैसा छ । युएई दिर्हाम एकको खरिददर ३० रुपैयाँ ३७ पैसा र बिक्रिदर ३० रुपैयाँ ५३ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ १५ पैसा र बिक्रिदर २७ रुपैयाँ ३० पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ०१ र बिक्रिदर १० रुपैयाँ ०६ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ६८ रुपैयाँ ३५ पैसा छ भने बिक्रिदर ३ सय ७० रुपैयाँ ३४ पैसा रहेको छ ।

बहराइन दिनार एकको खरिददर २ सय ९५ रुपैयाँ ८७ पैसा र बिक्रिदर २ सय ९७ रुपैयाँ ४६ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
 

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया