फाेहाेर बाेकेकाे टिप्परको ठक्करबाट एकजनाकाे मृत्यु

 भदौ ११, २०७५ सोमबार १२:२२:३६ | रासस
unn.prixa.net

नुवाकोट – जिल्लाको ककनी गाउँपालिका–१ महालक्ष्मी ओखरपौवामा आज बिहान टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ । 

काठमाडौँबाट फोहर बोकेर ओखरपौवाको सिसडोलतर्फ आउँदै गरेको बा २ ख ६११८ नं. को टिपरको ठक्करबाट पैदल यात्री ककनी–१ महालक्ष्मीका ४५ वर्षीय पदम बलामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिनुभयो ।

दुर्घटनापछि चालक फरार भएको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया