आठ महिने बालिका खोज्न पसल बन्द गरेर निस्के व्यापारी

 भदौ ११, २०७५ सोमबार १३:३७:२७ | धनवीर महतो
unn.prixa.net

महोत्तरी – दिनदहाडै बालिका अपहरण भएको भन्दै स्थानीयहरुले महोत्तरीको औरही बजार बन्द गरी बालिका खोज्नका लागि लागिपरेका छन् ।

औरही नगरपालिका–१, मा पर्ने औरही चोकमा सञ्चालित सिद्धान्त फेन्सी स्टोर्सबाट ८ महिने बालिका अपहरण भएको भन्दै उद्योग वाणिज्य संघको आब्हानमा यहाँका व्यापारी एवम् व्यवसायीहरु बजार बन्द गरी बालिका खोज्नमा व्यस्त भएका छन् ।

स्थानीय व्यापारी श्रवण चौधरीका अनुसार आफूहरुले बिहानैदेखि व्यवसाय बन्द गरेर बालिकाको खोजीमा निस्किएको जनाएका छन् । आइतबार साँझको समयमा औरही १ मा सञ्चालित सिद्धान्त फेन्सी स्टोर्सका संचालक सन्तोष चौधरीका ८ महिने छोरी सोनाली चौधरीलाई नचिनेको व्यक्तिले खेलाउन लैजान्छु भन्दै अपहरण गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

यता बालिका अपहरणमा परेपछि बालिकाकी आमा छिनछिनमा मुर्छित हुँदै आएकी छिन् । यस सम्बन्धमा महोत्तरीका प्रहरी उपरीक्षक इश्वर कार्कीले अपहरित बालिकाको खोजी गर्नका लागि प्रहरी परिचालन भइसकेको जनाएका छन् ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया