पोको कता ?

 भदौ ११, २०७५ सोमवार १७:४०:१८ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – लमजुङमा सचेतनामुलक सडक नाटक ‘पोको कता ?’ देखाइएको छ ।

बेसीशहरको मनाङ्गे चौतारा, भिमसेनस्थानचोक र शेराचोकमा यस नाटक देखाइएको हो । बेसीशहर नगरपालिकाको सहयोगमा जिल्लामा क्रियाशिल मञ्जरी नाट्य समूहले नगरका बासिन्दामाझ सचेतनामुलक यस नाटक देखाएको हो ।

समुदायमा सरसफाईसम्बन्धी चेतना फैलाउनका लागि सचेतनामुलक सडक नाटक ‘पोको कता ?’ देखाइएको मञ्जरी नाट्य समूहका संयोजक एवम् नाटकका कलाकार केदार बोहराले बताउनुभयो ।

‘सडकमा जथाभावी फोहोर फाल्ने, कुहिने र नकुहिने फोहोरको व्यवस्थापन नगर्नेहरुलाई नाटकबाटै सजग गराइएको छ । यसैगरी नाटकले सफा नगर अभियानमा सघाउन पनि सबैमा अनुरोध गरेको छ,’ उहाँले भन्नुभयो । सचेतनामुलक नाटकले सफा नगर अभियानमा टेवा पुग्ने बेसीशहर नगरपालिका मेयर गुमानसिंह अर्यालले विश्वास व्यक्त गर्नुभएको छ ।

नाटकका लेखक भरत राना हुनुहुन्छ । नाटकको निर्देशन भने केदार बोहोराले नै गर्नुभएको हो । सडक नाटकमा ६ जनाले अभिनय गरेका छन् ।  मञ्जरी नाट्य समूहले यसअघि जिल्लामा विभिन्न सचेतनामुलक नाट्क प्रस्तुत गर्दै आइरहेको छ । सडक नाटक ‘पोको कता ?’ हेरेपछि दर्शकहरुले नाटक निकै सन्देशमुलक रहेको प्रतिक्रिया दिएका थिए ।

 

अन्तिम अपडेट: भदौ २८, २०७५

श्यामशितल परियार

उज्यालोका लमजुङ र मनाङ जिल्ला सम्वाददाता श्यामशितल परियारलाई फेसबुकमा भेट्न सकिन्छ ।

तपाईको प्रतिक्रिया