विषमलाई लेखनाथ पौडयाल पुरस्कार

 भदौ ११, २०७५ सोमबार १८:४५:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – यस वर्षको लेखनाथ पौडयाल पुरस्कार साहित्यकार गणेश विषमलाई प्रदान गरिएको छ ।

१४ औं त्रिमूर्ति दिवसको अवसर पारेर सोमबार वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीले साहित्यकार विषमलाई यस वर्षको लेखनाथ पौडयाल पुरस्कार प्रदान गर्नु भएको हो । एक लाख नगदसहितको यो पुरस्कार त्रिमूर्ति निकेतनले हरेक वर्ष नेपाली भाषा, साहित्य र संस्कृतिको क्षेत्रमा योगदान दिँदै आएका एक जनालाई प्रदान गर्दै आएको छ ।

कार्यक्रममा चिरिबाबु महर्जन, लक्ष्मीदास मानान्धर र सुजीव बज्राचार्यलाई ‘सत्यमोहन जोशी शताब्दी पदक’ प्रदान गरिएको छ । त्यस अवसरमा संस्कृतिविद् जोशीले नेपाली भाषा र साहित्यको प्रतिष्ठा र गरिमाको श्रीवृद्धिमा जनस्तरबाटै काम हुँदै आएको उल्लेख गर्दै खुसी व्यक्त गर्नुभयो ।

कार्यक्रममा रोल्पाकी गायत्री घर्तीमगरको ‘एक भूल’ र नरेन्द्रराज प्रसाईँको ‘विद्रोही प्राज्ञ प्रेमा शाहको जीवनी’ समेटिएको पुस्तक पनि विमोचन गरिएको थियो ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया