तनहुँको गौरवको आयोजना पराशर मार्गमा कालोपत्र गर्न शुरु
बैशाख १२, २०८१ बुधबार
एथ्लेटिक्सको पुरुष दुई सय मिटर दौडमा नेपालका याम साजन सुनार अनुपस्थित रहे । आज बिहान भएको प्रतिस्पर्धाको चौथो हिटमा रहेका याम साजन सुनार खुट्टामा समस्या आएको कारण देखाँउदै ट्र्याकमा उपस्थित भएनन् । उनी आजै बिहान काठमाडौं फर्किसकेको बताइएको छ ।
याम साजनले यसअघि गएको आइतबार पुरुष सय मिटर दौडमा प्रतिस्पर्धा गरेका थिए । याम साजन अनुपस्थित भएपछि अब एथ्लेटिक्सतर्फ नेपालका विश्वरुपा बुढाले महिला ५ हजार मिटर दौड तथा सरस्वती भट्टराईको महिला १५ सय मिटर दौडमा खेल्न बाँकी छ ।