नेपालका लागि सहायता परियोजनाबारे तिब्बतसँग छलफल
बैशाख १३, २०८१ बिहिबार
सप्तरी – सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर १ मा पोखरीमा डुबेर एक जना बालकको ज्यान गएको छ ।
सर्लाहीको बहुर्वा गाउँपालिका २ डुमरीया घर भई सप्तरीको रुपनी गाउँपालिका वडा न. १ का बिन्देश्वर यादवको घरमा पाहुना आएका इन्दल यादवका ६ वर्षीय छोरा विक्रम यादवको घर नजिक रहेको पोखरीमा चिप्लेर डुबेपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
पोखरीमा नुहाउन भएको बेला अचानक चिप्लेको तथा उनलाई तत्काल उपचारको लागि राजविराज स्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा ल्याउँदै गर्दा बीच बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी एवं प्रवक्ता भावेश रिजालले जानकारी दिनुभयो ।