च्याम्पियन्स लिग फुटबल : सिटी र रियल म्याड्रिड तथा आर्सनल र बाय...
बैशाख ५, २०८१ बुधबार
रामेछाप – गोठमा गाईबस्तुलाई घाँस हालेर घर फर्कँर्दा खोला तर्ने क्रममा बगेका लिखु तामाकोशी गाउँपालिका वडा नम्बर –५, नागदहका लिलाबहादुर तामाङको शव फेला परेको छ ।
सोमबार साँझ गोठमा बाँधेका गाईबस्तुलाई थुनेर घर फर्कने क्रममा गैरीखोलाले लिलाबहादुर र उनकी श्रीमती वर्ष ४४ की रणमाया तामाङलाई बगाएको थियो । अविरल वर्षातका कारण दिनभर पानी परेका कारण गैरीखोलामा वाढी आएको थियो । बेलुका अबेरसम्म पनि दम्पती घर नफर्किएपछि परिवारका सदस्यहरुले उनीहरुको खोजी गर्न इलाका प्रहरी कार्यालय धोवीमा जानकारी गराएका थिए ।
मगंलबार दिउँसो मात्र ३६ वर्षीय लिलाबहादुरको शव श्रीपञ्चमी भन्ने स्थानमा फेला परेको थियो भने श्रीमती भने अहिलेसम्म अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजेन्द्रकुमार थापाले जानकारी दिनुभयो ।
दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ ।