सप्तरीमा  मेला हेरेर फर्केकी युवतीमाथि सामूहिक बलात्कार, ५ जना पक्राउ

 भदौ १२, २०७५ मंगलबार १८:४६:२८ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी – सप्तरीमा मेला हेरेर फर्केकी एक युवती सामूहिक बलात्कार भएको खुलासा भएको छ ।

रक्षाबन्धनको दिन सप्तरीको खड्ग नगरपालिकाको अर्नाहामा लागेको राखी मेला हेरेर घर फर्किने क्रममा ६–७ जनाले सामूहिक बलात्कार गरेको भन्दै शम्भुनाथ नगरपालिकाकी २० वर्षीया युवतीले प्रहरीमा उजुरी दिएकी हुन् ।

मेला चलिरहेका बेला एक्कासि पानी पर्न थालेपछि साथीहरुसँग छुटेकी उनी करिब ९ बजेतिर घर जाने क्रममा बीच बाटोमा एक्लै भएको अवस्थामा बलात्कारको शिकार भएकी हुन् ।

मदिरा सेवन गरेका युवाहरुले आफूलाई एकान्त ठाउँमा लगी बलात्कार गरेको युवतीले उजुरीमा उल्लेख गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक भावेश रिमालले जानकारी दिनुभयो ।

युवतीको उजुरीको आधारमा प्रहरीले बलात्कारको आरोपमा पाँच जना बलात्कारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सप्तरीको शम्भुनाथ  नगरपालिका ५ बस्ने २० वर्षीय विक्रम सरदार, २६ वर्षीय कृष्णनारायण साह, २७ वर्षीय मनोजकुमार राम, कञ्चनरुप  नगरपालिका ११ बस्ने २४ वर्षीय हिरालाल साह १८ वर्षीय राजकुमार भगत रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका पाँचै जनालाई जिल्ला अदालतबाट जबरजस्ती करणी मुद्दामा म्याद थप गरी थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
 

अन्तिम अपडेट: चैत २९, २०८०

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया