जापानले ल्यायो ड्राइभर बिना नै  चल्ने ट्याक्सी

 भदौ १२, २०७५ मंगलबार २१:१८:३० | एजेन्सी
unn.prixa.net

अब जापानका व्यस्त सडकहरुमा ड्राइभर नभए पनि चल्ने अर्थात स्वचालित ट्याक्सी गुड्ने भएका छन् । विश्वमा अहिलेसम्म स्वचालित ट्याक्सी नभएको बेला जापानको टोकियोका व्यस्त रोडहरुमा यस्ता ट्याक्सी चल्न थालेका छन् । 

जापानमा हुन गइरहेको सन् २०२० को ओलम्पिक खेलको लागि विशेष आकर्षणको रुपमा यस्ता ट्याक्सी पनि रहने निर्माता कम्पनीले जनाएको छ । यसको निर्माता कम्पनी डेभलपर भेन्चर कम्पनी जेएमपी इंक र ट्याक्सी कम्पनी हिनोमारु कोत्सुले स्वचालित ट्याक्सी विश्वमा नै पहिलो भएको बताएको छ । 

दुई हप्ताको परीक्षणपछि सोमबारबाट सुरु गरिएका यस्ता ट्याक्सी अब टोकियोका व्यस्त सडकहरुमा चल्ने भएका छन् । परीक्षणको बेला सम्भावित जोखिमलाई ध्यान दिई ड्राइभर बसे पनि ड्राइभरले केही गर्नुपरेको थिएन । उक्त प्रयोगपछि निर्माता कम्पनी ट्याक्सीलाई व्यस्त सडकमा आरामले चलाउन सकिनेमा ढुक्क छन् । 

जापानमा कामदारको अभाव बढिरहेको बेला यस्ता ट्याक्सी फाइदाजनक हुने बताइएको छ । ट्याक्सीको ढोका खोल्नको लागि एक मोबाइल एपको प्रयोग गर्नुपर्ने र प्रति यात्रु १५ सय येन अर्थात १३ डलर तिर्नुपर्ने छ ।
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया