इटालीविरुद्ध फ्रान्सको ३ गोल

 जेठ १९, २०७५ शनिबार ६:१२:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

जेठ १९ – इटालीविरुद्धको मैत्रीपूर्ण खेलमा फ्रान्स विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा फ्रान्सले इटालीमाथि ३–१ को जित दर्ता गर्‍यो ।

एलिनाज रिभेरामा भएको खेलको आठौं मिनेटमा नै उम्टिटीले फ्रान्सलाई अग्रता दिलए । २९ औं मिनेटमा पाएको पेनाल्टीलाई एन्टोनी ग्रिजम्यानले गोलमा परिणत गरेपछि फ्रान्सले २–१ को अग्रता लिएको थियो ।

३६ औं मिनेटमा इटालीले गोल फर्कायो । इटालीका लागि लियोनार्दो बोनुचीले गोल गरेका थिए ।

पहिलो हाफमा एक गोल फर्काउन सफल भए पनि इटालीले ६३ औं मिनेटमा अर्को गोल खान पुग्यो । फ्रान्सका लागि ओस्माने डेम्बेलेले गोल गरेका थिए ।

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया