एसिया कप छनौट: पारसले लिए अाेमनकाे पहिलाे विकेट

 भदौ १३, २०७५ बुधबार १२:२९:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

एसीसी एसिया कप छनोट प्रतियोगितामा भइरहेकाे पहिलो खेलमा ओमानकाे पहिलाे विकेट पतन भएकाे छ ।

२२२ रनकाे पच्छ्याउने क्रममा दाेस्राे पारीमा ७.२ अाेभरमा पारस खड्काले अकिब इलियासकाे विकेट लिएका हुन् ।

इलियास २० बलमा १६ रन बनाउँदा खड्काकाे बलमा एलबीडब्लू अाउट भएका हुन् ।

यसअघि नेपालले टस हारेर ब्याटिङको निम्तो पाएर निर्धारित ५० अाेभरमा ९ विकेट गुमाउँदै २२१ रन बनाएकाे थियाे ।

यतिबेला १२ अाेभरकाे खेल सकिंदा अाेमन १ विकेटकाे क्षतिमा ४३ रन बनाएर खेलिरहेकाे छ । 

अहिलेसम्म यी दुई टिम ५ पटक खेलेका छन । जसमा नेपालले ३ खेल जिते पनि पछिल्लो ५ वर्षयता ओमानविरुद्ध जित निकाल्न सकेको छैन । सन् २००२ को एसीसी ट्रफीमा नेपालले ओमानलाई १०५ रनले हराएको थियो । त्यसको आठ बर्षपछि भिड्दा नेपालल ६ विकेटले विजयी भएको थियो ।

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया