अाफ्नै छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ

 भदौ १३, २०७५ बुधबार १७:४:३८ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही - बिद्यालयकी एक छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा बुटवलमा एकजना निजी स्कुलका प्रधानाध्यापक बुधबार पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बुटवल-११, नहरपुरमा रहेको ज्ञानकुञ्ज सेकेण्डरी बोर्डिङका प्रधानाध्यापक तोया राम पौडेललाई आफनै स्कुलको कक्षा १० मा पढ्ने छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरिएको हो ।

पक्राउ गरेपछि उनीमाथि अनुसन्धान थालिएको प्रहरीले बताएको छ ।

स्कुलको होस्टेलमा बस्दै आएकी छात्रालाई पौडेलले रातको १२ बजे कोठामा बोलाएर गोप्य अंग छुने गरेको ती छात्राले बताएकी छिन् । होस्टेलमा बस्दै आएकी  छात्राले बिदामा घर गएको बेला अब होस्टेलमा म नबस्ने भन्दै प्रधानाध्यापकले आफूलाई गर्ने व्यवहार अभिभावकलाई सुनाएपछि घटना बाहिर आएको हो ।

स्कुलका अन्य छात्राहरुमाथि पनि प्रधानाध्यापकले यौनजन्य हिंसा गरेको भन्दै कारवाहीको माग गर्दै अभिभावहरुले स्कुल घेराउ गरेका छन् । 

अन्तिम अपडेट: चैत १६, २०८०

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया