डडेल्धुरामा चरीबाघ मृत अवस्थामा फेला

 भदौ १३, २०७५ बुधबार १७:२८:५० | तपेन्द्र बिष्ट
unn.prixa.net

डडेल्धुरा – डडेल्धुरामा बुधबार एउटा चरीबाघ मृत अवस्थामा फेला परेको छ । 

भिमदत्त राजमार्ग अन्तरगत अमरगढी नगरपालिका–७, भालुमारेमा चरीबाघ मृत अवस्थामा फेला परेको जिल्ला वन कार्यालय डडेल्धुराले जनाएको छ । 

चरीबाघलाई मंगलबार राति सवा ९ बजेतिर मृत अवस्थामा भेटे पछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । 

गाडीको ठक्करले चरीबाघ मरेको हुनसक्ने प्रहरीको अनुमान रहेको छ ।

चरीबाघलाई बुधबार नै प्रहरी प्रशासन, पत्रकार र सरोकारवाला सबैको रोहवरमा पुरिने जिल्ला वन कार्यालय डडेल्धुराले जनाएको छ । 
 

अन्तिम अपडेट: चैत १२, २०८०

तपेन्द्र बिष्ट

डढेलधुराका उज्यालो सहकर्मी तपेन्द्र विष्ट रेडियो अमरगढीमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया