विदेशी मुद्राको मूल्य ह्वात्तै बढ्यो

 भदौ १४, २०७५ बिहिबार १०:५२:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – हप्ताभरी थोरै घटबढ भइरहेको विदेशी मुद्राको मूल्य बिहीबार ह्वात्तै बढेको छ । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३० रुपैयाँ ०४ पैसा र बिक्रिदर ३० रुपैयाँ २० पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ९४ पैसा र बिक्रिदर ३१ रुपैयाँ १० पैसा छ । युएई दिर्हाम एकको खरिददर ३० रुपैयाँ ६७ पैसा र बिक्रिदर ३० रुपैयाँ ८३ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ४३ पैसा र बिक्रिदर २७ रुपैयाँ ५८ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ १२ र बिक्रिदर १० रुपैयाँ १७ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ७१ रुपैयाँ ९१ पैसा छ भने बिक्रिदर ३ सय ७३ रुपैयाँ ८९ पैसा रहेको छ ।

बहराइन दिनार एकको खरिददर २ सय ९८ रुपैयाँ ७७ पैसा र बिक्रिदर ३ सय रुपैयाँ ३६ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया