नेपाल टेलिकमले पहाडी तीन जिल्लामा २८ वटा टावर थप्ने

 भदौ १४, २०७५ बिहिबार ११:०:८ | सुजता सुनुवार
unn.prixa.net

इलाम – नेपाल टेलिकमले इलाम, पाँचथर र ताप्लेजुङमा गरी २८ वटा मोबाइल टावर थप गर्ने भएको छ । मोबाइलको नेटवर्क जाने, नआउने, आउँदै जाँदै गर्ने, आवाज नबुझिने जस्ता समस्याबाट मुक्त गराउन यी जिल्लामा थप २८ वटा टावर निर्माण गरिने भएको हो । 

इलाममा ११ , पाँचथरमा १० र ताप्लेजङ्गमा ७ गरी जम्मा २८ वटा टावर यस वर्ष थप गरी सेवा प्रवाह गर्ने नेपाल टेलिकम इलामका प्रमुख पंकज शाहले जानकारी दिनुभयो ।

उहाँका अनुसार टेलिकमले जिल्लाको साविक दानाबारी, गजुरमुखी, गोर्खे, जसविरे, पुवामझुवा, शान्तिडाँडा, जितपुर, फाकफोक, इलाम बजारलगायतका स्थानमा वीटीएस टावर स्थापना गर्ने भएको छ । 

यस्तै पाँचथरमा हाङबुङ, जोरपोखरी, लुफाबुङ, मौवा, सराङडाँडा, आकासेडाँडा  फिदिम लगायतमा राखिने छ भने , ताप्लेजुङ्गमा ढुंगेसागु, लिङखिम, मेहेले, निगुरादिन, साँगा, घुन्सा र तिरिङ्गेनमा राखिने जनाइएको छ । 

टावर स्थापनाका लागि तीन वटा ठेकेदार कम्पनीले ठेक्का पाएका छन् । अहिले स्वीकृत टावर मध्ये विद्युत नपुगेको स्थानमा सोलार प्रविधिबाट सेवा प्रदान गरिने प्रमुख शाहले जानकारी दिनुभयो । 

इलाममा अहिलले ३१ , पाँचथरमा  ११ र ताप्लेजुङ्गमा ११ वटा गरी ५३ वटा टावरमार्फत सेवा प्रदान गरिँदै आएको छ । 

 


 

अन्तिम अपडेट: चैत २९, २०८०

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया