माथिल्लो तामाकोशीको शेयरको फारम भर्ने म्याद एक साता थप

 भदौ १४, २०७५ बिहिबार १९:४:४४ | उषा तामाङ
unn.prixa.net

दोलखा – माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको शेयर आवेदन फारम भर्ने मिति एक साताको लागि थप भएको छ ।

शेयर आवेदन फारम भर्ने समय बिहीबारसम्म मात्रै भए पनि अझै आवेदन संकलन केन्द्रमा अत्याधिक भिड देखिएपछि एक हप्ताको समय थप गरिएको हो । शेयर आवेदन फारम भर्नका लागि विभिन्न स्थानमा रहेका शेयर संकलन केन्द्रमा दोलखाली सर्वसाधारणको भिड लागेको छ ।

तामकोशीको शेयर आवेदन फारम भर्न सर्वसाधारण्को अत्याधिक भिड भएपछि शेयर आवेदनका लागि एक साताको म्याद थप गर्न सिफारिस गरिएको थियो  ।

जिल्ला समन्वय समिति दोलखाले माथिल्लो तामाकोशी जलविद्युत आयोजनालाई म्याद थप गर्न सिफारिस गरेको हो । समितिको सिफारिस बमोजिम आयोजनाले धितोपत्र बोर्डलाई एक साताको म्याद थप गर्न आग्रह गरेपछि म्याद थप भएको आयोजनाका प्रवक्ता डाक्टर गणेश न्यौपानेले जानकारी दिनुभयो । 

दोलखावासीका लागि साउन १६ देखि शेयर आवेदन खुल्ला गरेको थियो । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

उषा तामाङ

उज्यालोका दोलखा सहकर्मी उषा तामाङ कालीञ्चोक एफएममा पनि कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया