बलात्कारको आरोपमा एक युवक पक्राउ

 भदौ १४, २०७५ बिहिबार १९:३६:३७ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर – १६ वर्षीया किशाेरीलाई ललाइफकाई जबरजस्ती करणी गरेको आरोपमा पाँचथरमा एक युवक पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा स्थानीय फालेलुङ गाउपालिका–५ का ३० वर्षीय युवक रहेको पाँचथर प्रहरीले जनाएको छ ।

पक्राउ परेका युवकले गएको भदौ ४ गते राति सदरमुकाम फिदिममा रहेको एक होटलमा ती किशाेरीलाई विभिन्न धाकधम्की र प्रलोभन देखाएर करणी गरेको पीडितका आफन्तले पाँचथर प्रहरीमा उजुरी दिएका थिए ।

पीडित किशाेरीका आफन्तले प्रहरीमा दिएको उजुरीको आधारमा युवकलाई पक्राउ गरिएको डीएसपी नरेन्द्र कुँवरले बताउनुभयो । 

पक्राउ परेका युवकमाथि जबरजस्ती करणी अपराध अन्तर्गत मुद्धा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


 

अन्तिम अपडेट: चैत १५, २०८०

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

1 Comments

  • loknath rijal

    Aug. 30, 2018, 7:46 p.m.

    नया मुलुकी संहिताले बलात्कारी पुरुषको नाम गोप्य राख्नु पर्छ भनेको छ कि क्या हो ? नत्र नाम खै त ?

  •  0 Reply

तपाईको प्रतिक्रिया