सडेको अवस्थामा मानव कंकाल फेला

 भदौ १४, २०७५ बिहिबार २०:१३:४० | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर  – पाँचथरको फिदिम नगरापालिका–१४ को ठूलो भालुखोप सामुदायिक वनमा सडेको अवस्थामा एक मानव कंकाल फेला परेको छ । सडेर दुर्गन्धित भएको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

जङगलमा मावव कंकाल रहेको स्थानीयले प्रहरीमा खबर गरेपछि प्रहरी नायव उपरीक्षक नरेन्द्र कुँवरको नेतृत्वमा गएको प्रहरी टोलीले शवको पहिचान नभएको हुँदा मुुचुल्का उठाएर पोष्टमार्टम तथा डीएनए परीक्षणको लागि जिल्ला अस्पताल पाँचथरमा राखिएको छ । 

शव भेटिएको ठाउँमा खरानी रङको टिशर्ट फेला परेको पाँचथर प्रहरीले जनाएको छ । मृतकको लिङ्गसमेत पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया