रेड स्टार क्लब पाथीभरा गोल्डकपको फाइनलमा

 भदौ १४, २०७५ बिहिबार २०:१५:१ | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ - रेड स्टार झापा ताप्लेजुङमा जारी पाथीभरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।

बिहीबार दिउँसो भएको पहिलो सेमिफाइनलमा राष्ट्रिय जागृति क्लब सुनसरीलाई टाइब्रेकरमा ४–३ ले हराउँदै रेडस्टार झापा फाइनलमा पुगेको हो ।

निर्धारित र अतिरिक्त समयको खेल एक एक गोलको बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो ।

रेड स्टारले उपाधिका लागि शुक्रबार हुने काठमाडौँको चर्च ब्वाइज क्लब र झापाको न्यु स्टार क्लबबीचको विजेतासँग खेल्नेछ । 

अन्तिम अपडेट: बैशाख १, २०८१

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया