ओपो एफ नाइन नेपाली बजारमा

 भदौ १५, २०७५ शुक्रबार ८:५१:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं - ओपो मोबाइलको एफ सिरिजअन्तर्गत नयाँ उत्पादन ओपो एफ नाइन नेपाली बजारमा आएको छ । ५ मिनेट चार्ज गर्दा २ घण्टाको टक टाइम दिने, भोक फ्ल्यास चार्जिङ र उद्योगकै पहिलो ग्राडियन्ट कलर डिजाइनसहित एफ नाइन आएको कम्पनीले जनाएको छ ।

सनराइज रेड, ट्वाइलाइट ब्ल्यु र स्टारी पर्पल गरी तीन भिन्न ग्राडियन्ट कलर एफ नाइन उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार सनराइज रेड र ट्वाइलाइट ब्ल्यु देशभरका अफलाइन स्टोरमार्फत भदौ १४ गतेदेखि बिक्री भएको छ भने स्टारी पर्पलका लागि केही समय लाग्ने छ ।

ओपो एफ नाइन ४ जीबी को मूल्य ४१ हजार ५९० र ६ जीबी को मूल्य ४५ हजार ५९० रुपैयाँ रहेको छ ।

‘उपभोक्ताका समस्याको उत्कृष्ट समाधान उपलब्ध गराउनु ओपोमा हाम्रा लागि प्रमुख प्राथमिकताको विषय हो । मात्र ५ मिनेटको चार्जमा २ घण्टाको टक टाइम उपलब्ध गराउने क्षमता सहितको भोक फ्ल्यास चार्जमार्फत ब्याट्री सम्बन्धी उपभोक्ताको चिन्ता निवारणमा हामी सफलहुनेमा हामी आशावादी छौ’ ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने ।


 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया