पार्टीको वरीयतामा भएको अन्यायबारे बाहिर बोल्दिन, भित्रै बोल्छु : झलनाथ खनाल

 जेठ १९, २०७५ शनिबार १३:५१:३६ | उज्यालो सहकर्मी

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले पार्टी वरीयतामा आफूलाई अन्याय भएको बताउनु भएको छ । 

चिनियाँ कम्युनिष्ट पार्टीले आयोजना गरेको मार्क्सको द्विशतवार्षिकी कार्यक्रममा सहभागी भएर आउनु भएका झलनाथ खनालले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै वरीयतामा आफूलाई तल पारेर अन्याय गरेको गुनासो गर्नुभएको हो ।

नेता खनालले आफूले पार्टी भित्रै न्यायका लागि संघर्ष पनि गर्ने बताउनुभयो । उँहाले भन्नुभयो ‘ पार्टीको वरीयतामा अन्याय भएको छ । यो अन्यायका विरुद्धमा पार्टीभित्र भिन्न मत राखेको छु । म पार्टी भत्र नै संघर्ष गर्दछु ।  न्याय पाउनका लागि आफ्नो लडाईँलाई जारी राख्दछु तर बाहिर भने कुरा म गर्दिन । पार्टीलाई एकजुट बलियो र दह्रो बनाउने कुरमा मेरो योगदान रहने छ ।’

नेता खनालले कम्युनिष्ट आन्दोलनमा लागेदेखि नै लगातार कम्युनिष्ट पार्टीहरुको एकताका लागि संघर्ष गरिराखेका कारण इतिहासलाई कसैले तलमाथि पार्नुपर्र्ने अवस्था नरहेको र खुला किताब जस्तै रहेको समेत स्पष्ट पार्नुभयो । 

चिनको कन्तुङ्ग प्रान्तको सेन्जिएनमा भएको कार्यक्रममा चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागको निमन्त्रणामा वरिष्ठ नेता झलनाथ खनाल चीन जानुभएको थियो । कार्यक्रममा विश्वका एक सय ६० भन्दा धेरै कम्युनिष्ट पार्टीको सहभागिता रहेको थियो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया