नेपाललार्इ पहिलाे सफलता: मलेसियाका शफिक ९ रन बनाएर अाउट

 भदौ १६, २०७५ शनिबार १४:०:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

मलेसियामा जारी एसिया कप छनाेटकाे अाज भइरहेकाे खेलमा मलेसियाकाे पहिलाे विकेट पतन भएकाे छ ।

वर्षाका कारण ३० अाेभरमा छाेट्याइएकाे खेलमा नेपालले १८८ रन बनाएकाे थियाे । ६ भन्दा माथिकाे रन रेट अावश्यक भएकाेले सुरुवातमै अाक्रामक खेल खेलेका मलेसियाका शफिक शरिफलार्इ साेमपाल कामीले तेस्राे अाेभरकाे अन्तिम बलमा सुवास खकुरेलबाट क्याच अाउट गराएका हुन् ।

यसअघि  १८८ रन बनाउने क्रममा  नेपालका लागि दीपेन्द्र सिंह ऐरीले अर्धसतक बनाएका थिए ।

नेपालको पारी धरासायी भएको अवस्थामा क्रिजमा आएका ऐरीले उत्कृष्ट ब्याटिङ गर्दै नेपाललाई सम्हाले । कप्तान पारस खड्का आउट भएपछि ५६ रनमा तीन विकेट गुमाएको अवस्थामा क्रिजमा आएका दिपेन्द्रले ४८ बलमा अर्धशतक पूरा गरे ।

अहिले ६ अाेभरकाे समाप्तिमा मलेसिया एक विकेटकाे क्षतिमा ४७ रन बनाएर खेलिरहेकाे छ ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया