नेपाललार्इ दाेस्राे सफलता: रेग्मीकाे बलमा फैज क्याच अाउट

 भदौ १६, २०७५ शनिबार १४:२९:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

मलेसियामा जारी एसिया कप छनाेटकाे अाज भइरहेकाे खेलमा नेपाले मलेसियाकाे दाेस्राे विकेट लिएकाे छ ।

लगभग ६ काे रन रेटमा रन बनाउँदै खेलिरहेका मलेसियाका अहमद फैजलार्इ बसन्त रेग्मीले ११ अाैं अाेभरकाे पहिलाे बलमा  कप्तान पारस खड्काबाट क्याच अाउट गराएका हुन् ।

यसअघि वर्षाका कारण ३० अाेभरमा छाेट्याइएकाे खेलमा नेपालले १८८ रन बनाएकाे थियाे । यस क्रममा  नेपालका लागि दीपेन्द्र सिंह ऐरीले अर्धसतक बनाएका थिए ।

नेपालको पारी धरासायी भएको अवस्थामा क्रिजमा आएका ऐरीले उत्कृष्ट ब्याटिङ गर्दै नेपाललाई सम्हाले । कप्तान पारस खड्का आउट भएपछि ५६ रनमा तीन विकेट गुमाएको अवस्थामा क्रिजमा आएका दिपेन्द्रले ४८ बलमा अर्धशतक पूरा गरे ।

यतिबेला १३ अाेभरकाे समाप्तिमा मलेसिया दुर्इ विकेटकाे क्षतिमा ७४ रन बनाएर खेलिरहेकाे छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया