नेपालले लियाे मलेसियाकाे महत्वपूर्ण तेस्राे विकेट,मुहम्मद अनवर बाेल्ड अाउट

 भदौ १६, २०७५ शनिबार १४:४८:४ | उज्यालो सहकर्मी

एसिया कप छनाेटमा अहिले भइरहेकाे खेलमा नेपाले मलेसियाकाे महत्वपूर्ण तेस्राे विकेट लिएकाे छ ।

४० बलमा ३४ रनकाे याेगदान गर्दै टिमकाे स्काेरबाेर्ड उकासिरहेका मलेसियाका मुहम्मद अनवरलार्इ सागर पुनले १७ अाैं अाेभरकाे दाेस्राे बलमा बाेल्ड अाउट गरेका हुन् ।

यसअघि वर्षाका कारण ३० अाेभरमा छाेट्याइएकाे खेलमा नेपालले १८८ रन बनाएकाे थियाे । यस क्रममा  नेपालका लागि दीपेन्द्र सिंह ऐरीले अर्धसतक बनाएका थिए ।

नेपालको पारी धरासायी भएको अवस्थामा क्रिजमा आएका ऐरीले उत्कृष्ट ब्याटिङ गर्दै नेपाललाई सम्हाले । कप्तान पारस खड्का आउट भएपछि ५६ रनमा तीन विकेट गुमाएको अवस्थामा क्रिजमा आएका दिपेन्द्रले ४८ बलमा अर्धशतक पूरा गरे ।

यतिबेला १९ अाेभरकाे समाप्तिमा मलेसिया तीन विकेटकाे क्षतिमा ९७ रन बनाएर खेलिरहेकाे छ ।

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया