निको भएर फर्किए राष्ट्रकवि

 जेठ १९, २०७५ शनिबार १४:४०:१७ | उज्यालो सहकर्मी

काठमाडौं – उपचारका लागि भारत जानुभएका राष्ट्रकवि माधव घिमिरे निको भएर आज स्वदेश फर्कनुभएको छ । 

उहाँ दिउँसो २ बजे  नेपाल एअरलाइन्सको विमानबाट नेपाल फर्कनुभएको हो ।  ९९ वर्षका राष्ट्रकवि घिमिरलाई सानो आन्द्राबाट रक्तस्राव भएपछि उपचारका लागि भारत लगिएको थियो । मेदान्त अस्पतालमा १० दिन उपचार गरेपछि उहाँको स्वास्थ्य ठिक भएको परिवारले जनाएका छन् ।

घिमिरेको उपचारका क्रममा लागेको सबै खर्च सरकारले बेहोर्ने यसअघि नै घोषणा गरिसकेको छ । 

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया