बाँकेमा सडकमा छाेडिएका चाैपायाले लिए प्रहरीकाे ज्यान

 भदौ १६, २०७५ शनिबार १८:५९:१८ | गोविन्द शर्मा
unn.prixa.net

बाँके - बाँकेको बैजनाथमा छाडा चौपायाको ठक्करबाट एक प्रहरी जवानको ज्यान गएको छ ।

प्रहरी जवान बिष्णु न्यौपानेको चिसापानीमा सडकमा छोडेका गाई र गोरुको ठक्करबाट ज्यान गएको हो ।

शुक्रवार सुर्खेतबाट मोटरसाइकलमा नेपालगन्ज आउने क्रममा न्यौपानेलाई गाई र गोरुले ठक्कर दिएर गम्भीर घाइते बनाएकोमा भारतको लखनउमा उपचारका क्रममा ज्यान गएको हो ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया