छानबिन समितिले प्रतिवेदन नबुझाएसम्म नमुना अस्पताल बन्द हुने

 भदौ १६, २०७५ शनिबार १९:११:५२ | रामबाबु खड्का
unn.prixa.net

सर्लाही – डाक्टरको लापर्वाहीले बिरामीको ज्यान गएको भन्दै स्थानीय बासिन्दाले सर्लाहीको हरिवन नमुना अस्पतालमा तोडफोड गरेका छन् । 

हरिवन –१०, पटौनाकी २९ वर्षीया सावित्री कार्कीलाई सुत्केरी बेथा लागेर हिजो दिउँसो ४ बजे अस्पताल भर्ना गरिएको थियो । तर राति १० बजेसम्म पनि बच्चा जन्मिन नसकेपछि अस्पतालले वीरगञ्ज पठाएको थियो । 

वीरगञ्ज लैजाने क्रममा कार्कीको बीचबाटोमा नै ज्यान गएपछि स्थानीयबासिन्दा आक्रोशित भएका हुन् । उनीहरुले एक फार्मेसीमा पनि आगो लगाएका छन् ।

आन्दोलनपछि भएको वार्तामा एक डाक्टरको संयोजकत्वमा ७ सदस्यीय छानबिन समिति गठन गर्ने र छानबिन समितिले प्रतिवेदन नदिएसम्म नमुना अस्पताल बन्द गर्ने सहमति भएको छ । 

सहमतिपछि आफन्तले मृतकको शव बुझेका छन् । 

सुत्केरीको मृत्यु भएपछि हरिवन नमुना अस्पताल तोडफोड

 


 

अन्तिम अपडेट: चैत १५, २०८०

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया