झापाकै न्यु स्टारलार्इ २-१ गाेलले हराउँदै रेड स्टार क्लबले उचाल्यो पाथीभरा गोल्डकपको उपाधि

 भदौ १६, २०७५ शनिबार १९:५२:४४ | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ – ताप्लेजुङमा सम्पन्न तेस्रो पाथीभरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि रेड स्टार क्लब, झापाले जितेको उचालेको छ । 

शनिबार भएको फाइनलमा झापाकै न्यु स्टार क्बललाई २–१ गोलअन्तरले पराजित गर्दै रेड स्टारले उपाधि हात पारेको हो । 

लाखेजात्रा सञ्चालन समितिको आयोजनामा खेलाइएको प्रतियोगिताको उपाधिका लागि रेड स्टारका ग्योरीले खेलको २२ औं मिनेटमा पहिलो गोल गरेका थिए । 
७२ औं मिनेटमा न्यु स्टारका विजय राईले गोल गरेपछि खेल बराबरीमा पुगेको थियो ।

निर्धारित ९० मिनेटको समयभित्र दुवै टिमको एक-एक गोल बराबर भएपछि थपिएको १५ मिनेट सकिन २ मिनेट बाँकी छँदा कप्तान कर्ण लिम्बूले कर्नरमार्फत् निर्णायक गोल गरे । 

उपाधिसँगै रेड स्टारले तीन लाख, एक हजार १११ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्यो भने उपविजेता न्यु स्टारले एक लाख ५१ हजार १११ रुपैयाँ प्राप्त गर्यो । 

रेड स्टारका पदम लामा सर्वश्रेष्ठ खेलाडी र ग्योरी उत्कृष्ट फरवार्ड घोषित भए भने न्यु स्टारका दीपेश दर्जी र सञ्जोग राई क्रमशः उत्कृष्ट डिफेन्डर र मिडफिल्डर घोषित हुँदै नगद सहित पुरस्कार प्राप्त गरे ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया