सावधान ! तपाईँलाई पनि इमोमार्फत २५ लाख पर्‍याे भन्दै ठग्लान नि !

 भदौ १६, २०७५ शनिबार २०:१७:५ | सुमन तिमल्सिना
unn.prixa.net

मोरङ – सामाजिक सञ्जाल इमोमार्फत रकम ठगी गरेको आरोपमा इलाका प्रहरी कार्यालय रंगेलीले ३ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले रंगेली नगरपालिका ६ बस्ने २१ वर्षीय अजितकुमार साह, रंगेली –९, बस्ने १९ वर्षीय कैलाश ऋषिदेव र सुनवर्षी नगरपालिका ५ बस्ने ३३ वर्षीय हेमशंकर ऋषिदेवलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरुलाई रंगेली बजारस्थित मनोज मनी ट्रान्सफर नजिकैबाट पैसा निकाल्दै गरेको अवस्थामा पक्राउ गरेको हो । 

इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक कविन्द्र कार्कीका अनुसार झापा दमक ८ बस्ने सिता भुजेललाई इमोमार्फत फोन गरी भारतीय २५ लाख रुपैयाँ पुरस्कार विजेता भन्दै पुरस्कार प्राप्त गर्नका लागि डेढ लाख रुपैयाँ आईएमईमार्फत माग गरी रकम ठगी गरेको सूचनाको आधारमा पक्राउ गरिएको हो ।  

पछिल्लो समय इमो लट्रीमार्फत २५ लाख पुरस्कार पाएको भन्दै ‘फेक कल’ आउने गरेको छ । त्यस प्रकारको कुनै चिठ्ठा नभएकाले त्यस्ता ठगबाट सचेत रहन प्रहरीले आग्रह गरेको छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

8 Comments

  • Bikash bohara

    Sept. 2, 2018, 8:06 a.m.

    नमस्कार मेरो नाम बिकाश हो , सल्यानवाट मलाई पनि यस्तो कल आएको थियो , त्यसैले कसैले पनि इमोमा आफुले चिनेको मान्छे बाहेक अन्य कल नउठाउनुहोला /

  •  0 Reply
  • SALON ThAPA

    Sept. 2, 2018, 6:54 a.m.

    मलाई पनि त्यस्तो कल आएको थियो - तपाईलाई २५ लाख भा रु पर्यो भनेर / नाम र फोटो माग्यो, मैले फोटोसपवाट बनाएर पठाएं / त्यसपछि चेकमा फोटो राखेर मलाई पठाएर २५ लाखको भ्याट आइ एम इ वाट पठाईदिनुस भन्यो र मैले तिनीहरुले पठाएको चेक हेर्दा मिति २०१५ को थियो अनि अर्को चेक चाहिं २०१३, चेक भने 'कौन बनेगा करोडपतिको ' थियो / पहिले नै मलाई त्यो फेक कल भन्ने लागेको थियो, त्यसैले मैले धेरै गाली गरें त्यो फेक कल गर्ने भारतीय मान्छेलाई /

  •  0 Reply
  • Chet Bahadur Rana

    Sept. 2, 2018, 6:16 a.m.

    नेपालमा धेरै मानिसहरु अनविज्ञा छन internet scam यो बिदेश तिर धेरै पुरानो भईसक्यो त्यसैले सबै गाउँ तिर बस्नेहरु लाई मुख्य रुपमा फसाउने जाल गर्नेछन् सावधान

  •  0 Reply
  • Sagar chaudhary

    Sept. 2, 2018, 5:11 a.m.

    यस्तो घटना हरेक दिन साउदी अरबमा हुन्छ , उनीहरुले साउदीवाट नै यस्तो सिकेका हुन सक्छ /

  •  0 Reply
  • subash katwal

    Sept. 2, 2018, 1:05 a.m.

    पहिला विदेशमा पनि यस्तै चिट्ठा पर्यो भन्दै मान्छेहरु ठगी भइरहेका छन्, अहिले नेपालमा पनि यस्तो शुरु भएछ /

  •  0 Reply
  • Devraj nirdosh

    Sept. 2, 2018, 12:30 a.m.

    चुतिया भीखारी हरु को कल कोवबिश्वाश गरेर पैसा हाल्न खोज्ने गवार चाही कस्तो होला त्यो पनी नेपाल जस्तो देश मा नालाएक हरु

  •  0 Reply
  • Ganesh thapa

    Sept. 2, 2018, 12:10 a.m.

    यो कुरा शत प्रतिशत साँचो हो / मलाई आज बिहान ८ बजे फोन गरेर तपाईलाई जियो कम्पनी मार्फत २५ लाख पर्यो , लक्की कोड १६६ हो र , कर बापत ९ हजार लाग्छ, त्यो ९ हजार रकम पठाउनु अनि तपाईलाई २ घण्टा भित्र २५ लाख हाल्दिन्छु भनेर खाता नं मागेको थियो / मैले त्यो जियो कम्पनीमा फोन गर्दा लक्की ड्र हुँदैन , सावधान हुनु भने/ मलाई विस्वाश नलागेर नै जियोमा फोन गरेको थिएँ/ त्यसपछि मैले फोन गरेर त्यो २५ लाख रुपियाँ आफनै खातामा राख्नु भनिदिएँ / त्यो फोन इमोवाटआएको थियो , उनीहरुले ०० वाट शुरु भएको १२ वटा नं थियो, त्यो सबै नक्कली हुन, त्यसैले सावधान हुन भन्दैछु /

  •  0 Reply
  • Ankit Rai

    Sept. 1, 2018, 11:39 p.m.

    यस्तो गर्ने मान्छेलाई फाँसी दिनु पर्छ /

  •  0 Reply

तपाईको प्रतिक्रिया