सरकारले जनताको पक्षमा काम गरेन : नेता पौडेल

 भदौ १६, २०७५ शनिबार २०:२४:४६ | समुद्र पौडेल
unn.prixa.net

तनहुँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले जनताको पक्षमा काम नगरेको आरोप लगाउनु भएको छ ।

तनहुँको केशवटारमा निर्मित साथी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नवनिर्मित भवनको उद्घाटन गर्दै नेता पौडेलले देशमा बलात्कार र कालोबजारीको बिगबिगी बढेको दावी गर्नुभयो । 

कांग्रेसले सरकारको गतिविधि हेरेर समर्थन र विरोध गर्ने गरेको भन्दै उहाँले सरकारले भष्ट्राचारलाई नियन्त्रण गर्न नसकेको, विमान खरिद प्रकरणमा घोटाला गरेको हुँदा त्यसमा छानबिन समेत हुनुपर्ने धारणा व्यक्त गरे । सहकारी संघसंस्थाले महिलाको सीप विकाससँगै आयआर्जनलाई सञ्चय गर्ने बानीको विकासमा समेत सहयोग पुर्‍याउँदै आएको उहाँको भनाई थियो ।

२०६० सालमा स्थापित साथी बचत तथा ऋण सहकारी संस्थाले सबैको सहयोगमा आफनै भवन निर्माण गर्न सफल भएको संस्थाकी अध्यक्ष नरिमाया रानाले बताउनुभयो । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

समुद्र पौडेल

समुद्र पौडेल तनहुँका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया